दफा २५
बनाउन सक्ने
(१) अनुमतिपत्र प्राप्त संस्थाले उपभोक्तालाई सेवा उपलब्ध गराउने प्रयोजनको लागि प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी निजी वा सार्वजनिक जग्गामा खानेपानी तथा ढल निकासको पाइप बिच्छ्याउन वा अन्य संरचना बनाउन सक्नेछ।

(२) अनुमतिपत्र प्राप्त संस्थाले कुनै व्यक्तिको निजी जग्गामा पाइप बिछ्याउन वा कुनै संरचना बनाउनु परेमा सम्बन्धित जग्गाधनीसँग उक्त जग्गा खरिद गर्न वा लिखित सम्झौता गरी लिजमा लिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम निजी जग्गा प्राप्त गर्न नसकेमा वा जग्गा प्राप्त गर्न सम्भव नभएमा अनुमतिपत्र प्राप्त संस्थाले प्रचलित कानून बमोजिम त्यस्तो जग्गा प्राप्त गर्नको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष अनुरोध गर्न सक्नेछ।

(४) अनुमतिपत्र प्राप्त संस्थाले खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणाली निर्माण तथा सञ्चालनका लागि बिच्छ्याएको पाइप वां निर्माण गरेको संरचनाका कारण कसैको निजी सम्पत्ति हानि नोक्सानी हुन गएमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले सोको उचित क्षतिपूर्ति दिनु पर्नेछ।